Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री देउवा पनि आइसोलेशनमा

प्रधानमन्त्री देउवा पनि आइसोलेशनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०७८ शनिवार • १७:४३:५७ बजे
  • 976
    SHARES
  • प्रधानमन्त्री देउवा पनि आइसोलेशनमा

    प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् । देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको हो ।

    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा पनि आइसोलेशनमा बसेका हुन् ।

    देउवाको सचिवालयका एक सदस्यका अनुसार शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उनी आइसोलेट निर्णयमा पुगेका हुन् ।

    केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै उनी सार्वजनिक कार्यक्रममा निस्कने भएका छन् । बालुवाटारमा दुई दिनअघि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्डँगसँगै रहेका थिए ।

    भेटघाट भएको भोलिपल्टै प्रचण्डमा कोरोना पुष्टि भएको हो । देउवालगायतका अन्य नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । यस्तै देउवा आज बिहान एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट समेत पुगेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # आइसोलेशनमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology