काेराेना भाइरस महामारी सुरू भएकाे ८ महिना भइसक्दा यसबाट विश्वभर ८ लाख मानिसकै ज्यान गइसकेकाे छ । याे समाचार तयार पार्दासम्म विश्वभर ८ लाख २ हजार ३७२ जनाकाे भाइरस संक्रमणकै कारण मृत्यु भएकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ ।
। यससँगै त्यहाँ अहिलेसम्म काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १ लाख ७९ हजार २०० पुगेकाे छ । अमेरिकामा बिहीबार ५० हजार ४५५ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ५७ लाख ९६ हजार ७२७ पुगेकाे छ । त्यहाँ हालसम्म ३१ लाख २७ हजारभन्दा बढी मानिसचाहिँ संक्रमणमुक्त भइसकेका छन् ।
ब्राजिलमा पछिल्लाे २४ घण्टामा काेराेनाबाट १ हजार ३१ जनाकाे ज्यान गएकाे छ । यससँगै त्यहाँ कुल मृतक संख्या १ लाख १३ हजार ४५४ पुगेकाे छ । बिहीबार त्यहाँ ३१ हजार ३९१ जना नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा अहिलेसम्म ३५ लाख ३६ हजार मानिस संक्रमित भएकाेमा २६ लाख ७० हजारभन्दा निकाे भइसकेका छन् भने बाँकी ७ लाख ५२ हजारबढी सक्रिय संक्रमित रहेका छन् ।
उता भारतमा पनि बिहीबार काेराेनाबाट ९५३ जनाकाे ज्यान गएकाे छ । यससँगै त्यहाँ कुल मृतक संख्या ५५ हजार ९२८ रहेकाे छ भने कुल संक्रमित संख्या २९ लाख ७३ हजार ३६८ पुगेकाे छ ।
त्यहाँ बिहीबार मात्र ६९ हजार ३९ नयाँ संक्रमित थपिएका छन् । यसैगरी मेक्सिकाेमा बिहीबार काेराेनाबाट ६२५ जनाकाे ज्यान गएकाे छ । त्यहाँ हालसम्म कुल मृतक संख्या ५९ हजार १०६ पुगेकाे छ । बिहीबार त्यहाँ ६ हजार ७७५ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ५ लाख ४३ हजार ८०६ पुगेकाे छ ।