Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हिउँमा पुरिएर पाकिस्तानमा २१ को मृत्यु, सयौं मानिस फँसे

हिउँमा पुरिएर पाकिस्तानमा २१ को मृत्यु, सयौं मानिस फँसे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७८ आइतवार • ०८:३०:५९ बजे
  • 802
    SHARES
  • हिउँमा पुरिएर पाकिस्तानमा २१ को मृत्यु, सयौं मानिस फँसे

    एजेन्सी । पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।

    images

    राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो । हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् ।

    मृत्यु हुनेमा १० जना बालबालिकासहित एक प्रहरी, उनकी श्रीमति र उनीहरुका ६ सन्तान अर्को पाँच जनाको परिवारसमेत छन् । हिउँका कारण अबरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ ।

    सो क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरु भ्रमण गर्दा संकट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् ।

    पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बीर र भिडियो भाइरल भएका थिए ।

    हिउँका कारण सयौं पर्यटकहरु अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # हिउँमा पुरिएर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology