Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वमा कोरोना एकै दिन २१ लाख संक्रमित

विश्वमा कोरोना एकै दिन २१ लाख संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७८ आइतवार • ०८:३९:४९ बजे
  • 862
    SHARES
  • विश्वमा कोरोना एकै दिन २१ लाख संक्रमित

    एजेन्सी । विश्वभर पछिल्लो २४ घण्टामा २० लाख ८५ हजार ५४० जना कोरोना संक्रमित थपिएका छन् ।

    images

    थपिनेमा अमेरिकामा ३ लाख ६४ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटलीमा एक लाख ९७ हजार, बेलायतमा एक ला ४७ हजार, अर्जेन्टिनामा एक लाख एक हजार छन् ।

    यही अवधिमा ५ लाख ७५ हजार ९४५ संक्रमणमुक्त भएका छन् भने ४ हजार ७०१ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रुसमा ७९६, अमेरिकामा ६०१, बेलायतमा ३१३, पोल्याण्डमा २९२, फिलिपिन्समा २६५, इटलीमा १८४, मेक्सीकोमा १६८, जर्मनीमा १६१, फ्रान्समा १४२, टर्कीमा १४१, साउद अफ्रिाकामा ११९ र ब्राजिलमा १०३ जना रहेका छन् ।

    कोरोनामुक्त हुनेमा बेलायतमा ५३ हजार, इटलीमा ५२ हजार, फ्रान्समा ४८ हजार, अमेरिकामा ३५ हजार, टर्कीमा ३४ हजार, जर्मनीमा २७ हजार र रुसमा २० हजार रहेका छन् ।

    यता भारतमा आज पनि झण्डै डेढ लाख कोरोना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार ८१४ जनामा संक्रमण पाइएको हो । अघिल्लो दिन एक लाख ४१ हजार ३७४ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो एक दिनमा २४ हजार १८९ जना निको भएका छन् ।

    भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख नजिक पुगेको छ ।त्यहाँ अहिले गम्भीर विरामीको संख्या ९ हजारको हाराहारीमा रहेको वर्ल्डोमिटरले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology