Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा कोरोना महामारी तेस्रो लहर उत्कर्षमा पुग्ने, ७५० भन्दा बढी डाक्टर पोजेटिभ

भारतमा कोरोना महामारी तेस्रो लहर उत्कर्षमा पुग्ने, ७५० भन्दा बढी डाक्टर पोजेटिभ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७८ आइतवार • १२:५७:५९ बजे
  • 697
    SHARES
  • भारतमा कोरोना महामारी तेस्रो लहर उत्कर्षमा पुग्ने, ७५० भन्दा बढी डाक्टर पोजेटिभ

    भारतमा कोरोना संक्रमितको संख्यामा हरेक दिन तीब्र वृद्धि भइरहेको छ । पछिल्लो तीन दिनदेखि कोरोना संक्रमितको संख्याले लगातार एक लाखको आँकडा पार गरिरहेको छ । शनिबार त यहाँ कोरोना संक्रमणका डेढ लाखभन्दा बढी संक्रमित भेटिएका थिए ।

    images


    हिन्दुस्तान टाइम्सको खबर अनुसार कोभिड–१९ को प्रसारको संकेत दिने आर फ्याक्टर वा आर भ्यालु यस हप्ता चार दर्ता गरिएको छ । यसले संक्रमण दर असाध्यै धेरै भएको इंगित गर्छ ।


    आर फ्याक्टरले एक संक्रमित व्यक्तिले कतिजनालाई संक्रमित गर्न सक्छ भन्ने कुरा बताउँछ । यदि यो फ्याक्टर एकभन्दा तल जान्छ भने यो महामारी समाप्त भएका मानिनेछ ।


     आईआईटी मद्रासको सुरुवाती विश्लेषणमा तेस्रो लहर १ देखि १५ फेब्रुअरीका बीच उत्कर्षमा पुग्ने आशंका जताइएको छ ।


    आइआइटी मद्रासको कम्प्युटेशनल मोडलिङको प्रारम्भिक विश्लेषणको आधारमा अघिल्लो हप्ता आर फ्याक्टर राष्ट्रिय स्तरमा २.९ लगभग थियो । यो हप्ता यो संख्या चार दर्ता गरिएको छ ।

     पत्रिकाका अनुसार दिल्लीमा आर भ्यालु ४.३५ छ, बिहारमा यो ४.५५, झारखण्डमा ५.० र उत्तर प्रदेशमा ३.३२ छ ।

    दिल्लीका ६ प्रमुख अस्पतालका कम्तिमा ७५० डाक्टर, सयभन्दा बढी नर्स र प्यारामेडिक कोभिड पोजेटिभ भएका छन् । यद्यपि, तीमध्ये धेरैमा कोरोना संक्रमणका लक्षण साधारण छन् तर यसले अस्पतालमा कार्यक्षमता असाध्यै धेरै प्रभावित भइरहेको छ ।

    इन्डियन एक्सप्रेसमा छापिएको खबर अनुसार यी सबै स्वास्थ्यकर्मी हाल आइसोलेशनमा छन् र आफ्नो घरमा नै छन् तर उनीहरुको अनुपस्थितिले अस्पताललाई आफ्नो नियमित कार्यक्षमता घटाउनु परिरहेको छ । रुटिन क्लिनिक्स र सर्जरीमा अखिल भारतीय आयुर्विज्ञान संस्थान यो संकटसँग सबैभन्दा बढी जुधिरहेको छ ।

    एम्समा हाल ३५० डाक्टर यतिबेला आइसोलेशनमा छन् । अस्पतालका एक रेजिडेन्ट डाक्टरले केही फ्याकल्टी मेम्बर्स र धेरैजसो नर्स र प्यारामेडिक्स पनि कोरोनाद्वारा संक्रमित भएको बताए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology