Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नाइजेरियामा लुटेराको आक्रमण, २०० गाउँलेको हत्या

नाइजेरियामा लुटेराको आक्रमण, २०० गाउँलेको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७८ आइतवार • १३:१९:१७ बजे
  • 703
    SHARES
  • नाइजेरियामा लुटेराको आक्रमण, २०० गाउँलेको हत्या

    एजेन्सी । नाइजेरियामा कम्तिमा २०० जनाको हत्या भएको छ । बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा आम हत्या मच्चाएको स्थानीयले बताएका हुन् ।

    images

    राज्य सरकाले ५८ जनाको हत्या भएको जनाएको छ । मारिएका सबै जनाको सेनाले सामूहिक दाहसंस्कार गरेको छ ।

    ‘बन्दुकधारी लुटेराको आक्रमणमा मारिएका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौै,’ एक स्थानीय नेता बलराबे अलहाजीले भने । आक्रमणमा २०० भन्दा बढीको मृत्यु भएको उनले बताए ।

    मोटरसाइक चढेर आएका झन्डै ३०० आक्रमणकारीले १० ओटा गाउँमा हमला गरेर लुटपाट गरेको जनाइएको छ ।

    उनीहरुले घरमै गोली प्रहार गरेर लुटपाट मच्चाएका थिए ।

    यसैबीच, लुटपाट मच्चाउने १०० जना लुटेरा सेनाको कारबाहीमा मारिएको समाचार विवरणमा जनाइएको छ ।

    जामफारा राज्यमा यसअघि पनि लुटेराले दर्जनौं गाउँलेको हत्या गरिसकेको द गार्जियनले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # २०० गाउँलेको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology