Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सरकारले भ्रष्टाचार छोप्न नारायणहिटी प्रकरण ल्यायो : ओली

सरकारले भ्रष्टाचार छोप्न नारायणहिटी प्रकरण ल्यायो : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७८ आइतवार • १६:५१:०० बजे
  • 1.7K
    SHARES
  • सरकारले भ्रष्टाचार छोप्न नारायणहिटी प्रकरण ल्यायो : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गरेर आफ्नो भ्रष्टाचार छोप्न खोजेको आरोप लगाएका छन् ।

    images

    गृहजिल्ला झापा आएका राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रममा बोल्दै ओलीले सरकार आफ्नो भ्रष्टाचार छोप्न नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गर्न खोजिरहेको आरोप पनि लगाए ।

    यस्तै नारायणहिटी कप्लक्कै खाइसकेको पनि ओलीले टिप्पणी गरे ।

    ओलीले नारायणहिटी संग्रहालयमा क्याफे संचालनसम्बन्धी ठेक्का पाएको बतास समूहलाई सरकारको संरक्षण रहेको पनि बताएका छन् । अहिले आफ्नो भ्रष्टाचार छोप्न बतासलाई मिडियाबाट केपी ओलीको ज्वाइँ बनाउन खोजिएको उनको भनाई छ ।

    ‘अहिले संचारमाध्यम बोलाएर, फोटो खिच्न लाएर केपी ओलीको ज्वाइँ भन्न लगाइरहेका छन् ।

    मेरा त छोरी देशभरी छन्, छिोरीसँग बिहे गर्ने जति सबै ज्वाइँ हुने भए ।

    छोरासँग बिहे गर्नेजति सबै बुहारी । यस्ता कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्ने छन् अहिले सरकारमा’, ओलीले भने ।

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology