Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

न्युयोर्कस्थित अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु

न्युयोर्कस्थित अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७८ सोमवार • ०८:३१:५४ बजे
  • 580
    SHARES
  • न्युयोर्कस्थित अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु

    एजेन्सी । अमेरिकाको न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा नौ बालबालिका समेत परेका छन् । आगलागीमा दर्जनौं घाईते भएका छन् ।

    आइतबारको आगलागीलाई अमेरिकी आगलागीको इतिहासमै खराब मानिएको छ ।

    १९ तले सो भवनको दोस्रो तलाबाट आगो लागेको हो । ‘आगलागीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीका घाईतेहरुको अवस्था गम्भीर छ,’ न्युयोर्कका मेयर इरिक एडम्सले भने ।

    आगलागीमा कम्तिमा ६३ जना घाईते भएका छन् । आगलागीपछि २०० जना अग्नि नियन्त्रकहरु आगो निभाउन खटिएका थिए ।

    आगो लागेपछि भवनभित्र फँसेका मानिसहरुको चित्कारले नजिकको वातावरण नैभयभित भएको थियो ।

    आगलागीको कारण खुलेको छैन् । सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

    प्रहरीले आगलागीबारे अनुसन्धान गरिरहेको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # १९ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology