पछिल्लो एक वर्षको अवधिमा बजारमा दैनिक उपभोग्य वस्तुको उच्च मूल्य वृद्धि भएको छ ।
इन्धनदेखि हरियो तरकारी तथा फलफूल, खाद्यवस्तुलगायतमा भएको मूल्य वृद्धिले सबैभन्दा बढी निम्न तथा मध्यमवर्गीय उपभोक्ता मारमा परेका छन् ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक वर्षमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि औसतमा २५ प्रतिशतले भएको हो ।
सङ्घका अनुसार अघिल्लो वर्ष यो बेला प्रतिकेजी ७५ रुपियाँमा बिक्री भएको चिनी अहिले बढेर १०० रुपियाँ पुगेको छ ।
पछिल्लो एक वर्षमा मास, रहर, मुसुरो, मुग, राजमा, केराउ, चना, बोडीलगायतका दालजन्य वस्तुमा प्रतिकेजी १० रुपियाँदेखि २० रुपियाँसम्म बढेको छ ।
खुद्रा व्यापार सङ्घका महासचिव अमूल तुलाधरले सरकारको नियमनकारी निकाय सक्रिय नहुँदा ठूला व्यापारीका कारण आमउपभोक्ता महँगीको मार खेप्न बाध्य भएको बताउनुभयो ।
उहाँको गुनासो छ, “थोक व्यापारीबाट सामानको सही बिलबिजक नपाउने र बिलबिजकबिनाका सामान बिक्री गर्दा सरकारी संयन्त्रको कारबाहीमा पर्नुपरेको छ ।
” याे समाचार गाेरखापत्र दैनिकमा छ।