Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महात्मा गान्धीले प्रयाेग गर्ने गरेकाे चश्मा साढे २ करोड भारूमा बिक्री भयाे

महात्मा गान्धीले प्रयाेग गर्ने गरेकाे चश्मा साढे २ करोड भारूमा बिक्री भयाे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७७ शनिवार • १०:१५:२८ बजे
  • 988
    SHARES
  • महात्मा गान्धीले  प्रयाेग गर्ने गरेकाे चश्मा साढे २ करोड भारूमा बिक्री भयाे
    एजेन्सी /महात्मा गान्धीले  प्रयाेग गर्ने गरेकाे सम्भवतः पहिलाे चश्मा लिलामीमार्फत बिक्री भएकाे छ । लिलामीमा राखिएकाे गान्धीकाे चश्मा एक अमेरिकी संकलकले भारू २ करोड ५५ लाखमा किनेका हुन् ।

    लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले आफूलाई सो चश्मा अगस्ट ३ मा एउटा सादा खाममा प्राप्त भएको जनाएको छ । एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १४ लाख बढी रकम प्राप्त गर्ने आशा राखिएको थियो ।

    तर साेचेभन्दा बढी माेलमा उक्त चश्मा बिक्री भयाे । उक्त एजेन्सीका मालिक म्यानगाट्सफिल्डले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन् ।


    बिबिसीका अनुसार गान्धीलाई उक्त चश्मा उनी दक्षिण अफ्रिकामा कार्यरत रहँदा उनका काकाले दिएका थिए । इस्ट ब्रिस्टल अक्सनका एन्ड्रयू स्टोले भने, ‘करिब ५० वर्षसम्म यो चश्मा यत्तिकै दराजमा थन्किएको थियो ।

    यसलाई लिलाम गर्न चाहने मानिसले एक समय चश्माले आफूलाई कुनै फाइदा नभएकोले फ्याँकिदिन चाहेको बताएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology