Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित

एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७८ सोमवार • ०८:४०:३६ बजे
  • 643
    SHARES
  • एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित

    नेकपा एमालेको इलाम जिल्ला अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । गएराती सम्पन्न मतगणनाअनुसार अध्यक्षका प्रत्यासी डा. देवी क्षेत्री दुलालाई फराकिलो मतान्तरले हराउँदै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् ।

    images

    इलाम नगरपालिकाका प्रमुखसमेत रहेका बस्नेत डेढ महिना यता एमाले इलामको अध्यक्षको जिम्मेवारीमा थिए । तत्कालीन अध्यक्ष राम राना एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि बस्नेतले अध्यक्षको जिम्मेवारी पाएका थिए ।

    अध्यक्षमा निर्वाचित बस्नेतले ६९४ मत पाउँदा उनका प्रतिस्पर्धी दुलालले ६४ मत मात्रै प्राप्त गरेका छन् ।

    जिल्ला कमिटीको उपाध्यक्षमा उदयबहादुर राई निर्वाचित भएका छन् ।

    सन्दकपुर गाउँपालिकाको अध्यक्षसमेत रहेका राईले याम अधिकारीलाई हराएका हुन् ।

    राईले ६०८ र अधिकारीले १३७ मत प्राप्त गरेका छन् । सचिवमा उमेश गुरुङ निर्वाचित भएका छन् । उनले प्रकाश अधिकारीलाई पराजित गरेका हुन् ।

    गुरुङले ५२७ मत र अधिकारीले २२२ मत पाएका छन् । उपसचिवमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य निर्वाचित भएका छन् ।

    सुवेदीले ४४४ मत र आचार्यले २७२ मत प्राप्त गरे । दुई उपसचिवको लागि ६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

    उपसचिवमा पराजित भएका छवि श्रेष्ठले २५३, रमेश राईले १९७, सन्तराम योङहाङले १२७ र नरेश तामाङले ८८ मत पाएका छन् ।

    पाँच पदाधिकारीसहित १०५ सदस्यीय कमिटीको चयनको लागि ७६३ जनाले मतदान गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # एमाले इलाम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology