Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन भेटियो

कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७८ सोमवार • ०८:४३:५३ बजे
  • 778
    SHARES
  • कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन भेटियो

    एजेन्सी । साइप्रसमा कोभिडको नयाँ भेरियन्ट फेला परेको छ ।

    images

    डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन् ।

    डेल्टाक्रोनबाट २५ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

    युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्रमुख लियोडियोसले भने, ‘अहिले साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखिएको छ ।’

    कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएका विरामीमा नयाँ संक्रमण दर बढ्दो छ । यही ७ जनवरीमा डेल्टाक्रोनका २५ सिक्वेन्स जीआइएसएआईडीमा पठाइएको थियो ।

    जीआइएसएआईडी एउटा अन्तर्राष्ट्रिय डाटावेस हो, जसले भाइरसको परिवर्तन पत्ता लगाउछ ।

    नयाँ भाइरसबारे विज्ञहरुले थप अनुसन्धान गरिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # डेल्टाक्रोन भेटियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology