Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

हामी नेपाली हौँ भने पृथ्वीनारायण शाहलाई बिर्सन हुँदैन : मन्त्री आले

हामी नेपाली हौँ भने पृथ्वीनारायण शाहलाई बिर्सन हुँदैन : मन्त्री आले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७८ सोमवार • १६:५५:२५ बजे
  • 511
    SHARES
  • हामी नेपाली हौँ  भने पृथ्वीनारायण शाहलाई बिर्सन हुँदैन : मन्त्री आले

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रुपमा लिनुपर्ने बताएका छन् ।

    images

    सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रुपमा लिनुपर्ने बताएका हुन् ।

    उनले पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक रहेको बताए । मन्त्री आलेले नेपालीहरुले हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सन नहुने बताए ।

    “नेपाल ४ जात ३६ वर्णको साझा फूलबारी हो । प्रजा मोटा भए दरबार बलियो हुन्छ ।

    राजाले देशमा अन्याय हुन नदिनु, ठुलो न्याय निसाफ हेर्नु, न्याय बिगार्ने भनेको घुस लिने घुस खाने हुन्, यी दुईका धन जिउ हरि लिएता पनि पाप छैन, यी राजाका महाशत्रु हुन् जस्ता पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक छन् ।

    पृथ्वीनारायण शाहलाई एक राजाका रुपमा मात्र हेर्नुभन्दा पनि उनलाई वर्तमान नेपाल राष्ट्रको निर्माणमा महान् नायकको रुपमा लिनुपर्दछ भन्ने मलाई लाग्छ ।

    यदि हामीले आफूलाई नेपाली हौँ भन्ने कुरामा गर्व गर्छौँ भने पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैनौँ र बिर्सनु पनि हुँदैन,” उनले भने ।

  • सम्बन्धित विषय:

  • # हामी नेपाली हौँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology