Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले मात्रै वामपन्थी दल हो : केपी ओली

एमाले मात्रै वामपन्थी दल हो : केपी ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७८ सोमवार • १६:५७:४७ बजे
  • 1.1K
    SHARES
  • एमाले मात्रै वामपन्थी दल हो : केपी ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका राजनीतिक दल वामपन्थी खोल ओडेर दक्षिणपन्थीको सेवामा लागेको बताएका छन् ।

    images

    सोमबार एमाले संखुवासभा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई वामपन्थी भन्ने दलहरु प्रतिक्रियावादीहरुो खेमामा पुगेको आरोप लगाए ।

    उनले देशमा परिवर्तन चाहाने एकमात्रै वामपन्थी पार्टी एमाले भएको दावी समेत गरे । ‘वामपन्थीको खोल ओडेका पार्टीमा साथीहरु अलमल नगर्नुहोस् ।

    एमाले मात्रै परिवर्तन चाहाने, देशमा उन्नती, प्रगति चाहाने, सामाजिक न्याय र समानता दिने पार्टी हो’, ओलीले भने, ‘वामपन्थी खोल ओडेर प्रतिक्रियावादी काम गर्ने दक्षिणपन्थीको सेवामा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, सरकार ढाल्ने र आफूलाई दक्षिणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नअलमलिन आग्रह गर्छु ।’

    अध्यक्ष ओलीले एमालेको काँधमा देश बनाउने अभिभारा रहेको भन्दै त्यो अभिभाराबाट एमाले नभाग्ने बताए । पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले देश विकासका लागि एमाले नै चाहिने भन्दै एमाले नेतृत्वको सरकारबाहेक अरुले देशको विकास गर्न नसक्ने बताए ।

    उनले एमालेले देशमा विकासको लहर ल्याएको उदाहरण दिदै त्यही विकास देख्न चाहनेहरुले आफ्नो नेतृत्वको सरकार ढालेको आरोप लगाए ।

    ‘विकासका लागि एमाले नै चाहिन्छ,किमाथाङका सडक एमालेले सुरुवात गर्यो’, पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले विराटनगर–किमाथांका बाटो निर्माण भइसकेपछि चीन र समुद्रसँगको नेपालको सम्बन्ध टुट्न नदिने बताए ।

    ओलीले नेपाल विश्वको १ नम्बर सुन्दर देशमा परेको भन्दै ओलीले प्राकृतिक रुपमा मात्रै होइन, सुशासन, स्वच्छता, मानवीयता र जनताको सुखको हिसावले यसलाई एक नम्बर देश बनाउने दावी समेत गरे ।

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology