Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनिल शर्मालाई पक्राउ गर्न,सात वटा विद्यार्थी संगठनको माग

सुनिल शर्मालाई पक्राउ गर्न,सात वटा विद्यार्थी संगठनको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७८ सोमवार • १७:५८:१३ बजे
  • 634
    SHARES
  • सुनिल शर्मालाई पक्राउ गर्न,सात वटा विद्यार्थी संगठनको माग

    सात वटा विद्यार्थी संगठनले मेडिकल कलेज संचालक सुनिल शर्मालाई पक्राउ गर्न माग गरेका छन् । अनेरास्ववियुको केन्द्रीय कार्यालय नयाँ बानेश्वर बसेको सात विद्यार्थी सङ्गठनहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

    images

    हिजो विराटनगरस्थित नोवेल मेडिकल कलेजमा शान्तिपूर्ण रुपमा आन्दोलनमा रहेका विद्यार्थीहरूमाथि कलेज प्रशासनले भाडाका गुन्डाहरु समेत प्रयोग गरेको उनीहरुको आरोप छ ।

    सात विद्यार्थी संगठनले उक्त घटनाको घोर निन्दा गरेका छन् । उनीहरुले आक्रमणमा संलग्न र उनीहरुलाई प्रयोग गरि आक्रमण गराउने कलेज संचालकलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न उनीहरुको माग छ ।

    नोवेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजले एमबीबीएस बीएमडी र बीएनएस का २०२१ ब्याचका विद्यार्थीहरुबाट गैरकानुनी रुपमा बढी शुल्क लिएको विद्यार्थी संगठनको आरोप छ ।

    गुण्डागर्दी शैलीमा चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने र अभिभावकहरूलाई धम्कि दिने गरिएको संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले आन्दोलनप्रति संयुक्त विद्यार्थी सङ्गठनको बैठकले ऐक्यबद्धता जनाएको छ ।

    पछिल्लो समय विभिन्न राजनैतिक पार्टीका नेताहरुसँग शैक्षिक माफिया र मेडिकल माफियाहरूले व्यक्तिगत सम्बन्ध स्थापित गरि आफ्नो स्वार्थ अनुकुल प्रयोग गरेकोप्रति संयुक्त विद्यार्थी सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

    यस्ता कार्यमा संलग्न रहेका राजनीतिक दलका नेताहरुको भन्डाफोर र खबरदारी समेत गर्ने उनीहरुको माग छ । नोवेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा रिले अनशनमा रहेका आन्दोलनरत विद्यार्थीहरुप्रति संयुक्त विद्यार्थी सङ्गठनका अध्यक्षहरूको उपस्थितिमा पुस २८ गते ऐक्यबद्धता जाहेर गर्ने जनाइएको छ ।

    आन्दोलनरत विद्यार्थीहरुमाथि भएको दमनविरुद्ध गृहमन्त्री र शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउने संयुक्त विद्यार्थी संगठनको निर्णय छ । नोवेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा देखिएको समस्या समधानका लागि चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयसँग समेत छलफल गर्ने जनाएको छ।

  • सम्बन्धित विषय:

  • # सुनिल शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology