Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अभिनेत्री रश्मिकाले बढाइन् पारिश्रमिक

अभिनेत्री रश्मिकाले बढाइन् पारिश्रमिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७८ सोमवार • १९:१६:०२ बजे
  • 1.3K
    SHARES
  • अभिनेत्री रश्मिकाले बढाइन् पारिश्रमिक

    अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म साबित भइसकेको छ ।

    images

    फिल्मले बक्स अफिसमा पैसा संकलनको काम जारी राखेको छ । पेन इन्डियाको फिल्मलाई भारतभर रुचाइएको छ । दर्शकहरू अल्लूको अभिनयबाट जति फिदा भएका छन्, अभिनेत्री रश्मिकाको प्रस्तुतिबाट उत्तिकै मोहित छन् ।

    सुकुमार निर्देशित फिल्मको दोस्रो संस्करणका निर्माणका लागि निर्माताहरू जुटिसकेका छन् ।

    निर्माताहरूले फिल्मको सिक्वेलको रूपमा ‘पुष्पाः द रुल’ बनाउँदैछन् । समाचारअनुसार फिल्मको सिक्वेलका लागि रश्मिकाले आफ्नो पारिश्रमिक बढाएकी छन् ।

    उनले ‘पुष्पाः द राइज’मा दुई करोड पारिश्रमिक लिएकी थिइन् । अब उनी यो पारिश्रमिकमा एक करोड बढाएर तीन करोड लिँदैछिन् । निर्माताहरू पनि उनको निर्णयमा सहमत छन् ।

    रश्मिकाको फिल्मी करियर यो पारिश्रमिक अहिलेसम्मकै सर्वाधिक बढी हो । सिक्वेलको आगामी फेब्रुअरीमा सुटिङ सुरु हुँदैछ । फिल्म सन् २०२२ को अन्त्यसम्ममा रिलिज हुनेछ ।

    कामको कुरा गर्दा रश्मिका चाँडै नै बलिउडमा डेब्यु गर्दैछिन् । उनी सिद्धार्थ मल्होत्राका साथ फिल्म ‘मिसन मजनू’मा देखिँदैछिन् । यसबाहेक उनी बलिउड फिल्म ‘गुडबाय’को हिस्सा पनि हुँदैछिन् ।

  • सम्बन्धित विषय:

  • # अभिनेत्री रश्मिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology