शिक्षामन्त्री देवेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार बिहान उनको स्वाब परीक्षणका लागि दिइएकामा बेलुका कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
‘माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ ।
रुघा र सामान्य खोकी लागेपछि उहाँले सोमबार बिहान पीसीआर परीक्षण गर्नुभएको थियो ।
अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ’, मन्त्रीका प्रेस संयोजक विमल खड्काले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । पौडेल अहिले होम आइशोलेसनमा छन् ।