Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

माधवकुमार नेपालका सुरक्षार्थ खटिएका नौ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

माधवकुमार नेपालका सुरक्षार्थ खटिएका नौ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७७ शनिवार • १२:०७:०५ बजे
  • 1.6K
    SHARES
  • माधवकुमार नेपालका सुरक्षार्थ खटिएका नौ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण
    नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षार्थ खटिएका नौ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। बिहीबार नेता नेपालको सचिवालय, परिवार र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको स्वाब संकलन गरिएको थियो। 

    शुक्रबार रिपोर्ट आएको हो। “सुरक्षाकर्मीहरुमा संक्रमण देखियो, तर बाँकी सवैको रिपोर्ट नेगेटिभ आएको छ”, सचिवालयका सदस्यले भने। नेता नेपाल, उनको परिवार, प्रमुख स्वकीय सचिव मोहन गौतम लगायतको रिपोर्ट नेगेटिभ आएको छ। 

    तर, सुरक्षार्थ खटिएका धेरैजसोमा संक्रमण देखिएकाले नेता नेपाल होम आइसोलेसनमा बस्ने भएका छन्। केही दिनका लागि भेटघाट समेत रोकिएको छ। 
    यसअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव बिष्णुप्रसाद पौडेलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी कोरोना संक्रमण भएको थियो।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology