Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाकिस्तान सीमाको स्कुलमा विष्फोट, ९ बालबालिकाको मृत्यु

पाकिस्तान सीमाको स्कुलमा विष्फोट, ९ बालबालिकाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७८ मंगलवार • १३:५९:५५ बजे
  • 769
    SHARES
  • पाकिस्तान सीमाको स्कुलमा विष्फोट, ९ बालबालिकाको मृत्यु

    अफगानिस्तानको पाकिस्तानसँग जोडिएको सीमामा सोमबार दिउँसो भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु भएको छ ।

    images

    चारको अवस्था गम्भीर रहेको छ । यसको पुष्टि अफगानिस्तानको सरकारमा रहेको तालिबानले समेत गरेको छ । तालिवान गभर्नर अफिसको तर्फबाट जारी गरिएको बयानमा दिइएको जानकारी अनुसार नांगरहारको लालोपुरमा एक स्कुलको सामग्री लिएर गएको गाडीमा यो विष्फोट भएको हो ।

    केही जानकारीका अनुसार गाडीमा एक मोर्टार लुकाएर राखिएको थियो । लालोपुर जिल्लाको चौकीमा गाडी पुगेसँगै त्यहाँ विष्फोट भएको थियो । मिडिया रिपोर्टका अनुसार नागरार प्रान्तको लालोपुर इलाकामा यो विष्फोट भएको हो ।

    यहाँ पाकिस्तानको चेक पोइन्ट र काँडेदार तारहरु रहेका छन् । यो क्षेत्रमा आतंकवादी संगठन इस्लामिक स्टेट सक्रिय रहँदै आएका छन् । उनीहरुको तालिबानसँग हिंस्रक भिडन्त हुँदै आएको छ ।

    आइएस आतंकवादी तालिवानको चेक पोष्ट्समा पनि हमला पनि गर्छन् । यो संगठन सन् २०१४ देखि नै यो क्षेत्रमा आतंकवादी गतिविधि गर्दै आएको छ । यिनीहरुको धेरै हमला सिया अल्पसंख्यक बिरुद्ध हुँदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # पाकिस्तान सीमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology