Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पर्यटनमन्त्री प्रेम आले चढेको कार दुर्घटना

पर्यटनमन्त्री प्रेम आले चढेको कार दुर्घटना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७८ मंगलवार • २३:०२:५८ बजे
  • 1.9K
    SHARES
  • पर्यटनमन्त्री प्रेम आले चढेको कार दुर्घटना

    पर्यटनमन्त्री प्रेम आले चढेको कार दुर्घटनामा परेको छ । कैलालीको धनगढी विमानस्थलबाट बाहिरिने क्रममा आले सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा मन्त्री आले सुरक्षित रहेका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मंगलबार साँझ साढे आठ बजे विमानस्थलबाट बाहिरिने क्रममा मूल सडकमा पुग्ने बित्तिकै मन्त्री आले सवार सुप ०१ ००१ झ ३३३ नम्बरको गाडीलाई कारले ठक्कर दिएको हो ।

    बा ४६ प १३७७ नम्बरको कारले गाईलाई ठक्कर दिएर अनियन्त्रित भई मन्त्री सवार कारलाई ठक्कर दिएको जोशीको भनाइ छ ।

    दुर्घटनामा कुनै मानवीय क्षति नभएको र कार चालक कञ्चनपुर कृष्णपुर ९ निवासी पवन कडायतलाई प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ ।

    मन्त्री आले कञ्चनपुर जाने कार्यक्रम रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # पर्यटनमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology