Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

लिपुलेकमा भइरहेको सडक निर्माणको काम तत्काल रोक :एमाले

लिपुलेकमा भइरहेको सडक निर्माणको काम तत्काल रोक :एमाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७८ बुधवार • ०८:२७:३४ बजे
  • 523
    SHARES
  • लिपुलेकमा भइरहेको सडक निर्माणको काम तत्काल रोक :एमाले

    नेकपा (एमाले)ले भारतलाई नेपालमाथिको बलमिच्याइँ रोक्न आग्रह गरेको छ ।

    images

    एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको हो ।

    ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले)को अविचलित मान्यता छ ।’

    हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मान सरोवरसम्म पुग्न नेपाली भूमिका कालापानी हुँदै बाटो बनाइरहेको बताएका थिए ।

    ‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

    UML_release.jpg

  • सम्बन्धित विषय:

  • # कालापानी, लिपुलेक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology