Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उत्तर कोरियाद्वारा हाइपरसोनिक क्षेत्रप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा हाइपरसोनिक क्षेत्रप्यास्त्र परीक्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७८ बुधवार • ०८:३३:१९ बजे
  • 1.2K
    SHARES
  • उत्तर कोरियाद्वारा हाइपरसोनिक क्षेत्रप्यास्त्र परीक्षण

    एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जङ अनको निगरानीमा अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको जनाएको छ। मङ्गलवार परीक्षण गरिएको क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको जनाइएको छ।

    images

    पछिल्लो पटक जानकारीमा आए अनुसार उत्तर कोरियाको यो तेस्रो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण हो।

    नयाँ वर्षको अवसरमा भाषण गर्ने क्रममा नेता किमले प्योङयाङको प्रतिरक्षालाई बढाउने बाचा गरेका थिए। त्यसपछि एकै साताभित्र दुईवटा क्षेप्यास्त्र परीक्षण भएका छन्। मङ्गलवार गरिएको क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरिया र जापान दुवैले पहिचान गरेका थिए ।

    उनीहरूले उत्तर कोरियाबाट समुद्रतर्फ क्षेप्यास्त्र प्रहार भएको बताएका थिए। उक्त क्षेप्यास्त्र हाइपरसोनिक भएको र त्यसमा उच्च गतिशीलता भएको भन्दै केसीएनए समाचार संस्थाले व्याख्या गरेको थियो।

    उत्तर कोरियाले यसअघि जनवरी ५ मा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण सफलतापूर्वक गरेको थियो।

    उक्त कदमपछि अमेरिका, यूके, फ्रान्सलगायतका देशहरूले त्यसको निन्दा गर्दै प्योङयाङलाई अस्थिरता मच्चाउने कार्यहरू रोक्न आह्वान गरेका थिए।

    हाइपरसोनिक क्षेप्यास्त्रहरु प्रायः बलिस्टिक क्षेप्यास्त्रभन्दा निसानामा कम उचाइ हुँदै जान्छन्। तर त्यसको गति भने ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी अर्थात् प्रतिघन्टा ६ हजार २०० किलोमिटरसम्म हुन्छ ।

    हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्नसक्ने थोरै देशहरुमध्ये उत्तर कोरिया पनि पर्छ। अमेरिका र चीनले पनि यस्तो क्षेप्यास्त्र विकास गरेका छन्। केसीएनए समाचार संस्थाले सार्वजनिक गरेका तस्बिरहरूमा परीक्षणका बेला अन्य अधिकारीसँगै नेता किमले पनि निरीक्षण गरेको देखिन्छ ।

    सन् २०२० को मार्च महिना यता उनले क्षेप्यास्त्र प्रक्षेपण हुँदा प्रत्यक्ष उपस्थिति जनाएको यो पहिलो पटक भएको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # उत्तर कोरिया
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology