Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युरोपको करिब आधा जनसंख्या ओमिक्रोनबाट संक्रमितमा आउन सक्छः डब्लुएचओ

युरोपको करिब आधा जनसंख्या ओमिक्रोनबाट संक्रमितमा आउन सक्छः डब्लुएचओ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७८ बुधवार • १०:२४:०१ बजे
  • 808
    SHARES
  • युरोपको करिब आधा जनसंख्या ओमिक्रोनबाट संक्रमितमा आउन सक्छः डब्लुएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अबको ६ देखि ८ हप्ताभित्रमा युरोपको करिब आधा जनसंख्या कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनसक्ने बताएको छ ।

    images

    यो अनुमान सन २०२२ को पहिलो साता युरोपमा देखिएको करिब ७० लाख कोरोना संक्रमणका केसबाट गरिएको हो । युरोपमा दुई साताभित्रै कोरोना संक्रमणदर दुई गुणाभन्दा धेरैले बढेको छ ।

    डब्लुएचओका स्वास्थ्य विशेषज्ञ डा हेन्स क्लुजले पत्रकार सम्मेलनमा भने, ‘आज ओमिक्रोन पश्चिमदेखि लिएर पूर्वसम्म फैलिएको कहरको प्रतीक बनेको छ ।

    २०२१ को अन्त्यसम्म डेल्टा भेरियन्टसँग जुधिरहेका देशमा ओमिक्रोन कहर बनिरहेको छ ।’ युरोप र मध्य एसियाका देश तीव्र गतिले फैलिएको यस भाइरसको दबाबमा रहेको उनले बताए ।

    कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भाइरस जस्तो खतरनाक नभएको केही अध्ययनले जनाएका छन् । तर कोरोनाविरुद्धको पूर्ण खोप लगाएका मानिसहरु पनि ओमिक्रोन भेरियन्टबाट संक्रमित भइरहेका छन् ।

    ओमिक्रोन भेरियन्टको संक्रमण गति अरुको तुलनामा अधिक रहेको विज्ञहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # डब्लुएचओको विश्वास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology