Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा एकै दिन एक लाख ९४ हजार कोरोना संक्रमित

भारतमा एकै दिन एक लाख ९४ हजार कोरोना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७८ बुधवार • १२:२०:३० बजे
  • 706
    SHARES
  • भारतमा एकै दिन एक लाख ९४ हजार कोरोना संक्रमित

    एजेन्सी । भारतमा कोभिड संक्रमणको क्रम झनै तीव्र बनेको छ ।

    images

    आज एकै दिन एक लाख ९४ हजार जनामा कोरोना संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।

    पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । आजको संक्रमण दर अघिल्लो दिनको तुलनामा १५ प्रतिशतले बढेको हो । भारतमा दैनिक संक्रममण दर औषतमा ११ प्रतिशत छ ।

    भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ ।

    संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ ।

    १५ देखि १८ वर्ष उमेर समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् । यसैबीच, रक्षामन्त्री राजनाथ सिंहलाई कोभिड पोजेटिभ भएको छ । सिंहलाई सामान्य लक्षण देखिएको छ ।

    संक्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र कोभिड परीक्षण गर्न उनले आग्रह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology