Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गाईलाई चश्मा लगाउँदा किसान मालामाल

गाईलाई चश्मा लगाउँदा किसान मालामाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७८ बुधवार • २०:१२:४३ बजे
  • 1.1K
    SHARES
  • गाईलाई चश्मा लगाउँदा किसान मालामाल

    एजेन्सी । गाई–भैंसी पाल्ने किसानको चाहना भनेकै राम्रो खाएर धेरै दुध देओस् भन्ने हुन्छ ।

    images

    धेरै दुध दिने गाई–भैंसीको मूल्य नै लाखौं हुन्छ । पैसा भएका किसानहरु राम्रा जातका गाई–भैंसीका लागि त्यति खर्च गर्न तयार पनि हुन्छन् । तर, गरीबहरु यति पैसा तिर्ने हैसियतका हुन्नन् । टर्कीका एक किसानले भने त्यसका लागि हाइटेक उपाय अपनाएका छन् ।

    उनले आफ्नो गाईलाई पनि हाइफाइ बनाएका छन् । अब उनले आफ्नो गाईलाई घरमै बाँधिदिएर राम्रो खुराक दिइरहेका छन् । यति मात्र होइन, उनले उक्त गाईलाई ठूलो मैदान वा खेतमा चरिरहेको महशुस गराउन सफल भएका छन् ।

    गाईले ठूला मैदानमा चरेको महशुस गरी उनलाई धेरै दुध दिने गरेको बताइएको छ । किसानले आफ्ना गाईहरुलाई भर्चुअल रियालिटी (VR) युक्त चश्मा लगाइएदिएका छन् ।

    यसले गर्दा गाईहरुलाई खुला चौरमा चरिरहेको भान हुन्छ । अक्साराय शहरमा बसोबास गर्ने किसान इज्जत कोकाकले भीआरको हेडसेट लगाइदिएका छन् । अध्ययनले पनि गाईहरुले सुखद् दृष्य देखे राम्रो दुध दिने बताइएको छ ।

    उनले ‘द सन’लाई भीआर चश्माको प्रयोगले राम्रो परिणाम दिएको र दुधको उत्पादन २२ लिटरबाट बढेर २७ लिटर प्रतिदिन भएको बताएका छन् ।

    उनले भीआर मार्फत हरियो चरण देख्ने र त्यसले गाईहरुमा इमोशनल बुस्ट दिनुका साथै अब ती कम तनावमा रहने गरेको बताए । उनको गाईगोठमा खिचेका तस्विरहरु सार्वजनिक पनि गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # गाईलाई चश्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology