Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७८ बुधवार • २०:१५:११ बजे
  • 688
    SHARES
  • निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

    राजनीतिक दलहरुसँग परामर्श गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ ।

    images

    आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले दलहरुसँग छलफलका लागि शुक्रबार बैठक बोलाइएको जानकारी दिए ।

    बैठक शुक्रबार साढे ११ बजे बस्ने छ । बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्राणा गरिएको छ ।

    निर्वाचन आयोगले आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका बारेमा दलहरुसँग छलफल गर्ने छ ।

    अहिले मतदाता नामावली संकलनको काम भइरहेको विषयमा पनि सर्वदलीय बैठकमा आयोगले दलहरुलाई जानकारी दिने कार्यक्रम रहेको छ । त्यस्तै, स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा पनि छलफल हुने छ ।

    आयोगले स्थानीय तहको निर्वाचनका सम्बन्धमा गत पुस ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते स्थानीय तहको चुनावका विषयमा प्रस्ताव गरेको थियो । तर, यस बारेमा सरकारले निर्णय गरिसकेको छैन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology