Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमसीसी तत्काल संसदबाट पारित नगर्ने

एमसीसी तत्काल संसदबाट पारित नगर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७७ बुधवार • १९:०६:०३ बजे
  • 1.8K
    SHARES
  • एमसीसी तत्काल संसदबाट पारित नगर्ने

    सत्तारुढ नेकपाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तत्काल संसदबाट पारित नगर्ने भएको छ ।

    images

    लामो बहस र विवादपछि शीर्ष नेतृत्वतहमा तत्कालका लागि एमसीसी थाती राख्ने निर्णय गरेको हो । आगामी वर्ष एमसीसी परियोजना सुरु हुन १६ असारमा नेपालको संसदबाट एमसीसी अनुमोदन हुनुपर्छ । नेकपाको सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा एमसीसी संशोधन नगरी पारित गर्न नहुने पक्षमा बहुमत छ ।

    बहुमत पक्षको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली एमसीसी पारित गर्नुपर्ने अडानमा छन् । सोही विवादबीच लामो समयदेखि नेकपाको स्थायी समिति बैठक बस्न सकेको थिएन ।

    एमसीसीको विपक्षमा बहुमत हुने भएपछि ओलीले बैठक टार्दै आएका थिए । बुधबार सुरु स्थायी समिति बैठकअघि दुई अध्यक्ष ओली र प्रचण्डको बैठक बसेको थियो ।

    नेकपा उच्च स्रोतका अनुसार दुई नेताबीच तत्कालका लागि एमसीसी थाती राख्ने सहमति भएको छ । यस्तै उनीहरुबीच अमेरिकालाई एमसीसी अनुमोदनको समयसीमा केही समयपछि सार्न आग्रह गर्ने पनि सहमति भएको बुझिएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology