Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कम्तिमा २० सेकेण्डसम्म हात धुनु नै कोरोना भाइरस खत्तम पार्ने सस्तो र सहज उपाय

कम्तिमा २० सेकेण्डसम्म हात धुनु नै कोरोना भाइरस खत्तम पार्ने सस्तो र सहज उपाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७७ शनिवार • १२:३६:३७ बजे
  • 1.6K
    SHARES
  • कम्तिमा २० सेकेण्डसम्म हात धुनु नै कोरोना भाइरस खत्तम पार्ने सस्तो र सहज उपाय
    विगत ६ महिनादेखि केही चिजलाई लिएर सबै मानिसहरुको वानी नै परिवर्तन भइसकेको छ । जस्तो कि, कोरोना महामारीका कारण मानिसहरुले मास्क लगाउन, सेल्फ आइसोलेशन बस्न र सोसल डिस्टेन्सिङको बारेमा सचेत बनिरहेका छन् ।
    अहिलेको समयमा सबै भन्दा महत्वपूर्ण कुरा हात धुनु पनि हो । तर, पछिल्लो समयमा सबैले मिचिमिची हात धुन कम गराइएको हो कि भन्ने आशंका गर्न थालिएको छ ।
     
    गत फेब्रुअरीमा विश्वमै कोरोना महामारी तीब्र रुपमा फैलिरहेको समयमा स्वास्थ्य एजेन्सीहरुले कोरोना भाइरसबाट कसरी सुरक्षित रहन सकिन्छ ? भनेर सबैलाई सल्लाह दिदै आएका थिए ।

    जहाँ तातो पानीले कम्तिमा २० सेकेण्डसम्म हात धुने सुझावलाई दिनदिनै विशेषज्ञहरुले महत्वपूर्ण बताएका थिए । बस्टन म्यासाच्युसेट्सको नर्थ–इस्टर्न विश्वविद्यालयका रसायन विज्ञान र रासायनिक जीव विज्ञानको एसोसिएट प्रोफेसर थमस गिलबर्टले कोरोना भाइरसलाई सिर्फ एक सस्तो सावुन र तातो पानीले नै हटाउन सकिने बताएका छन् ।

    उनले भनेका छन्, ‘यस भाइरसको आणुबंशिक झिल्ली हुन्छ, जसलाई लिपिड मेम्बर भनिन्छ । किनभने यो चिल्लो र चिप्लो हुन्छ । यस प्रकारको संरचनालाई साबुन र पानीले सजिलै हटाउन सकिन्छ ।’ गिलबर्टका अनुसार साबुन पानीले धुने क्रममा हातलाई निकै रगट्नुपर्छ ।

    उनले भने, ‘हातको सम्पूर्ण भाग मिचीमिची धुनुपर्छ । जहाँ लिपिड मेम्बर र साबुनबीच सम्पर्क हुनुपर्छ ।’ कोरोना भाइरसबाट सुरक्षित रहनका लागि तातो पानी र साबुन निकै लाभदायी हुने गिलबर्टको भनाइ छ ।
    ब्रिटेनको केन्ट विश्वविद्यालयका मालिक्यूलर साइन्सका प्रोफेसर मार्टिन मिसलिस भन्छन्, ‘सिर्फ पानीले मात्रै भाइरसलाई नष्ट गर्न सकिदैन । त्यसैले साबुनको पनि आवश्यकता पर्दछ ।
    (एजेन्सीको सहयोगमा)

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology