Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तत्कालीन कार्यकारी निर्देशक दाहाललाई कारबाही गर्न प्रहरी र अख्तियारलाई मन्त्रालयको पत्र

तत्कालीन कार्यकारी निर्देशक दाहाललाई कारबाही गर्न प्रहरी र अख्तियारलाई मन्त्रालयको पत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७८ बुधवार • २०:१७:५९ बजे
  • 805
    SHARES
  • तत्कालीन कार्यकारी निर्देशक दाहाललाई कारबाही गर्न प्रहरी र अख्तियारलाई मन्त्रालयको पत्र

    नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि छानबीन गरि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीलाई सस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले सिफारिस गरेको छ ।

    images

    दाहालले नारायणहिटी दरबार संग्रहालय परिसरको भवन र जमिन क्याफटेरिया सञ्चालनका लागि बतास समूहलाई ठेक्कामा दिएको भन्दै मन्त्रालयले दाहाललाई कारबाही गर्न पत्रचार गरेको हो । 

    बतास समूहले नयाँ संरचना बनाएपछि विवाद बाहिर आएको थियो ।

    मन्त्रालयले गरेको छानबीनका क्रममा दाहालले प्रदत्त अधिकारभन्दा बढी विषय समावेश गरेर सम्झौता गरेको पाइएको मन्त्रालयले जनाएको छ । बतास समूहले सम्झौताभन्दा बढी करीब १४ रोपनी जमिनमा संरचना निर्माण गर्दा पनि दाहालले नारायणहिटी संग्रहालय परिसरको सम्पत्तिको संरक्षण र सम्वर्द्धनको जिम्मेवारी पूरा नगरेको छानबीन समितिको ठहर छ ।

    छानबीन समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार दाहालले कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् । तर, मन्त्रालयले भने उनको राजीनामा स्वीकृत नगर्दै छानबीन समितिको सिफारिसका आधारमा फौजदारी कसुरमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी र मिलेमतोमा ठेक्का लगाएको र अधिकार क्षेत्रभन्दा बाहिर गरेर सम्झैता गरेको विषयमा दाहालमाथि अनुसन्धान गरी कारबाही गर्न अख्तियारलाई पत्रचार गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology