Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गजल

गजल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७७ शनिवार • १२:४१:३८ बजे
  • 5.1K
    SHARES
  • गजल
    जो छैन यो दुनियामै उसलाई पुकार्नु किन ।
    अन्धा भक्त भई उसैको आरती उतार्नु किन।।

    सेवा नै हो धर्म हेर सेवा गर ती दुःखीको ।
    पूण्य मिल्छ भनि पूज्न पत्थर थुपार्नु किन ।।

    सत्य कर्म अघि सारी जिन्दगी सफल पार ।
    भाग्य लाई दोष दिँदै जिन्दगी गुजार्नु किन ।।

    जे हुनु छ भइ छाड्छ प्रकृतीको नियममा
    रक्षा गर भन्दै त्यहाँ दैवलाई गुहार्नु किन ।।

    वरदान माथिबाटै जे माग्छ त्यो दिने भए ।
    प्राण धान्न दुःख गर्दै अनाज उमार्नु किन ।।


    भिमेश्वर २, दोलखा

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology