Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

सात विद्यार्थी संगठनले शिक्षामन्त्रीलाई बुझाए ज्ञापन पत्र

सात विद्यार्थी संगठनले शिक्षामन्त्रीलाई बुझाए ज्ञापन पत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७८ बिहिवार • १८:२८:२५ बजे
  • 637
    SHARES
  • सात विद्यार्थी संगठनले शिक्षामन्त्रीलाई बुझाए ज्ञापन पत्र

    सात विद्यार्थी संगठनले विद्यार्थीबाट चर्को शुल्क माग्ने नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेका छन् ।

    images

    बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिने उक्त कलेजहरुमाथि छानविन गर्दै सम्बन्धन खारेज गर्न माग गरेका हुन् ।

    त्यस्तै, उनीहरुले तोके भन्दा बढी शुल्क विद्यार्थीमाथि लाद्न खोजिएको र विद्यार्थीहरुमाथि नै धाकधम्की र ठगीविरुद्ध कानुनबमोजिम कडा कारबाहीका लागि माग गरेका छन् ।

    ज्ञापन पत्र बुझ्दै शिक्षामन्त्री पौडेलले तीनवटै कलेजको विषयमा उठेका प्रश्नको छानबिन सुरु गरिसकेको बताए ।

    उनले राज्यले कानुन हेर्ने भएकाले कानुनअनुसार काम नभएको पाइए कलेजहरुलाई कारबाही गर्ने स्पष्ट पारे ।

    नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, विप्लवनिकट अखिल क्रान्तिकारी, अखिल छैटौँले शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

  • सम्बन्धित विषय:

  • # सात विद्यार्थी संगठन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology