Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेलायतमा एक हप्तामा ४३ लाख मानिसमा कोरोनाभाइरस सङ्क्रमण

बेलायतमा एक हप्तामा ४३ लाख मानिसमा कोरोनाभाइरस सङ्क्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७८ बिहिवार • १९:२९:१५ बजे
  • 742
    SHARES
  • बेलायतमा एक हप्तामा ४३ लाख मानिसमा कोरोनाभाइरस सङ्क्रमण

    बेलायतमा गत हप्ता ४३ लाख मानिसलाई कोभिड–१९ भएको अनुमान गरिएको छ ।

    images

    अघिल्लो हप्ताको कोरोना सङ्क्रमणका संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) बुधबार जानकारी दिएको छ । इङ्गल्याण्डमा कोरोनाभाइरसको फैलावट उच्च रहेको जनाइएको छ ।

    यहाँको तथ्याङ्कअनुसार जनवरी ६ सम्मको हप्तामा १५जना मध्ये एक जनामा यो कोरोनाभाइरस सङ्क्रमण भएको जनाइएको छ ।

    वेल्समा, गत हप्ता २० मध्ये एक जनामा अर्थात गत हप्ता एक लाख ५७ हजार ९०० जनामा यो रोगबाट सङ्क्रमित भएको अनुमान गरिएको छ । स्कटल्याण्डमा २० मा एक, वा दुई ९७ हजार ४०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका बताइएको छ ।

    उत्तरी आयरल्याण्डमा एक हप्तामा दुई लाख ३८ हजार मानिसहरू सङ्क्रमित भएका अनुमान गरिएको छ ।

    कोभिड १९ को सङ्क्रमण इङ्गल्याण्डको पूर्वी भाग र लन्डन बाहेक इङ्गल्याण्डका सबै क्षेत्रहरूमा बढ्दै गएको ओएनएसले जानकारी दिएको छ । बेलायतले पछिल्लो २४ घण्टाको अवधिमा एक लाख २९ हजार ५८७ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ ।

    हाल बेलायतमा कुल कोरोना सङ्क्रमितको संख्या १ करोड ४८ लाख ६२ हजार १३८ जना पुगेको बुधबार सार्वजनिक भएको आधिकारिक तथ्याङ्कले जानकारी दिएको छ । गत २४ घण्टामा बेलायतमा थप ३९८ कोरोनाभाइरस सङ्क्रमणको कारण मृत्युहरू भएको छ ।

    यसैसँगै कोरोनाको कारण मृत्यु भएको कूल मृतकको संख्या एक लाख ५१ हजार भन्दा बढी पुगेको ओएनएसले जनाइएको छ ।

    बेलायतमा १२ वर्ष र सोभन्दा माथिका ९० प्रतिशतभन्दा बढीले खोपको पहिलो डोज पाएका छन् र ८३ प्रतिशतभन्दा बढीले दुवै डोज खोप लगाएका छन् । पछिल्लो तथ्याङ्कअनुसार ६२ प्रतिशतभन्दा बढीले कोरोनाभाइरस खोपको तेस्रो डोज प्राप्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology