Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

आज सर्वदलीय बैठक,के-के विषयमा हुँदै छ छलफल ?

आज सर्वदलीय बैठक,के-के विषयमा हुँदै छ छलफल ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३०, २०७८ शुक्रवार • ०९:२७:१२ बजे
  • 589
    SHARES
  • आज सर्वदलीय बैठक,के-के विषयमा हुँदै छ छलफल ?

    आज राष्ट्रिय सभा निर्वाचन, कोरोना महामारी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै छ ।

    images

    निर्वाचन आयोगले शुक्रबारका लागि दललाई सर्वदलीय बैठकमा आयोगमा बोलाएको हो ।

    बैठकमा १२ माघका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गर्ने विषयमा दलसँग छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    यसैगरी स्थानीय तहको निर्वाचनका लागि सरकारलाई मिति प्रस्ताव गरिसकेकाले दलको राय लिने तयारी सर्वदलीय बैठकमार्फत निर्वाचन आयोगले गरेको छ ।

    आयोगले माघको पहिलो साताभित्र निर्वाचनको मिति नतोकिए वैशाखमा स्थानीय तहको निर्वाचन गर्न नसकिनेसमेत बताउँदै आइरहेको छ ।

    आयोगले दिएको जानकारी अनुसार संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १६ राजनीतिक दललाई बैठकमा उपस्थित हुन भनिएको छ । हाल रहेका स्थानीय तहका प्रतिनिधिहरुको कार्यकाल आगामी जेठ ५ गतेसम्म मात्रै रहेको छ ।

    यसअघि सरकाले निर्वाचन आयोगसमक्ष वैशाख १४ गते र वैशाख २२ मा गरि दुई चरमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # आज सर्वदलीय बैठक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology