कोरोना भाइरसबाट संक्रमित भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको अवस्था सामान्य रहेको बताइएको छ ।
आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै छोरी गंगा दाहालले कोभिडका कुनै लक्षण नदेखिएको जनाएकी छन् ।
सामाजिक सञ्जालमा पितासँगकाे फाेटाे पोस्ट गर्दै उनले भनेकी छन्, ‘डाक्टरको सल्लाह अनुसार अबको दुई दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमा बस्नु हुनेछ ।’
