Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोभिडको डेल्टा भेरियन्ट,भारतमा तीन महिनामा २ लाख ४० हजारको मृत्युः राष्ट्रसंघ

कोभिडको डेल्टा भेरियन्ट,भारतमा तीन महिनामा २ लाख ४० हजारको मृत्युः राष्ट्रसंघ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३०, २०७८ शुक्रवार • ०९:४९:१९ बजे
  • 1.4K
    SHARES
  • कोभिडको डेल्टा भेरियन्ट,भारतमा तीन महिनामा २ लाख ४० हजारको मृत्युः राष्ट्रसंघ

    एजेन्सी । कोभिडको डेल्टा भेरियन्टबाट भारतमा सन् २०२१ को अप्रिलदेखि जुनसम्म दुई लाख ४० हजार मानिसको मृत्यु भएको राष्ट्रसंघको एउटा प्रतिवेदनले जनाएको छ ।

    images

    डेल्टाका कारण भारतीय अर्थतन्त्रमा गम्भीर असर गरेको भन्दै सो प्रतिवेदनमा आगामी दिनमा भारतले त्यस्तै दुर्भाग्य सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।

    राष्ट्रसंघ अन्तर्गतको विश्वको आर्थिक अवस्था र सम्भावना (डब्लूइएसपी) २०२२ को प्रतिवेदनले विश्वभर फैलिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले फेरि ठूलो मानवीय र आर्थिक क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ ।

    ‘भारतमा डेल्टा संक्रमणका कारण अप्रिलदेखि जुनको अवधिमा दुई लाख ४० हजार जनाको मृत्यु हुनुका साथै अर्थतन्त्रको रिकभरीमा असर गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस्तै घटना अगामी दिनमा पनि दोहोरिन सक्छ ।’

    कोभिडलाई नियन्त्रण गर्न खोपलगायतका दीगो विश्वव्यापी पहुँच र संयोजन नभए महामारीले फेरि पनि समावेशी र दिगो अर्थतन्त्रलाई ठूलो जोखिममा पार्ने प्रतिवेदनमा औंल्याइएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिडको डेल्टा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology