Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२०२२ः यी हुन नेपालका लागि ठूला पाँच खतरा

२०२२ः यी हुन नेपालका लागि ठूला पाँच खतरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३०, २०७८ शुक्रवार • ०९:५१:१४ बजे
  • 526
    SHARES
  • २०२२ः यी हुन नेपालका लागि ठूला पाँच खतरा

    विश्वमा पर्यावरणसँग जोडिएका जलवायु परिवर्तन, मौसममा चरम परिवर्तन र जैविक विविधताको नोक्सानी सबैभन्दा ठूला खतरा औँल्याइएको छ । नेपालमा पनि पछिल्लो समय जलवायु परिवर्तनका मुद्दा जटिल बन्दै गएको छ ।

    images

    हालको अवस्थामा त कोभिड–१९ सबैभन्दा ठूलो चुनौती बनेर खडा भएको छ । तर, वर्ल्ड इकोनमिक फोरम (डब्लूईएफ) द्वारा जारी ‘ग्लोबल रिस्क रिपोर्ट २०२२’ अनुसार नेपालमा सबैभन्दा ठूलो खतरा रोजगारी र जिविकोपार्जनमा संकट रहेको छ ।

    डब्लूईएफद्वारा जारी रिपोर्टअनुसार नेपालमा बेरोजगारीको समस्या बढ्दै गएको छ ।

    त्यसपछि दोस्रो ठूलो खतराको रुपमा मानवका कारण पर्यावरणमा क्षति रहेको छ ।

    प्राकृतिक स्रोतको बढ्दो दोहनका कारण नेपालमा पर्यावरणमा क्षति बढ्दै गएको हो । तेस्रो ठूलो खतरामा भूराजनीतिकीकरण रणनीतिक स्रोतलाई लिइएको छ भने चौथोमा संक्रामक रोगको संक्रमण खतरा रहेको छ ।

    नेपालमा कोभिड–१९ मात्र होइन विभिन्न खाले संक्रामक रोगको प्रकोप बेलाबेला फैलने गरेको छ । पाँचौ नम्बरमा डिजिटल असमानता र लामो समयसम्म स्थिर अर्थतन्त्रलाई राखिएको छ ।

    प्रविधिको क्रान्तिसँगै डिजिटल प्रयोग बढे पनि गाउँघर तथा विपन्न नागरिक डिजिटल सेवाबाट टाढै छन् ।

    जसकारण डिजिटल सेवाका कारण धनि र गरिबबीचको खाडल झन बढ्ने आँकलन गरिएको हो । नेपालमा आर्थिक विकासले गति नसमात्दा स्थिर छ ।

    कुल जनसंख्याको झन्डै आधा जनशक्ति श्रमशक्ति रहे पनि विकासले फडको मार्न नसक्दा समस्या बढेको हो । वर्ल्ड इकोनामिक फोरम (डब्लूईएफ) ले हरेक वर्ष ग्लोबल रिस्क रिपोर्ट जारी गर्छ ।

    जसमा विश्वसामु सबैभन्दा ठूला खतरा पहिचान गरिएको हुन्छ जसलाई पाँच श्रेणीमा विभाजन गरिन्छ । जसमा पर्यावरण, सामाजिक, आर्थिक संकट, जियो–पोलिटिक्स र अन्य विषय समावेश गरिएको हुन्छ ।

    यो वर्षुग्लोबल रिस्क रिपोर्ट २०२२, मा १२४ देशका १२ हजारभन्दा बढी दिग्गजका धारणाहरु पनि समावेश गरिएका छन । त्यसबाहेक सर्भे पनि गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # ठूला पाँच खतरा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology