Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मद्दत नगर्ने हो भने ८७ लाख अफगानी नागरिक मृत्युको मुखमा पुग्ने

मद्दत नगर्ने हो भने ८७ लाख अफगानी नागरिक मृत्युको मुखमा पुग्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३०, २०७८ शुक्रवार • ०९:५८:३३ बजे
  • 1.4K
    SHARES
  • मद्दत नगर्ने हो भने  ८७ लाख अफगानी नागरिक मृत्युको मुखमा पुग्ने

    संयुक्त राष्ट्रले लाखौँ अफगान नागरिक मृत्युको मुखमा पुगेको चेतावनी दिएको छ ।

    images

    यस्तोमा अफगानिस्तानको फ्रिज गरिएको सम्पत्ति छिट्टै नै जारी गर्नुपर्ने संयुक्त राष्ट्रको ठहर छ ।

    संयुक्त राष्ट्रले अफगानिस्तानको अर्थव्यास्था धरासयी हुनबाट रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग पाँच अर्ब डलरको मानवीय मद्दत सहायता दिन, अफगानिस्तानको फ्रिज गरिएको सम्पत्ति जारी गर्न र उनीहरुको बैंकिङ सिस्टम सुरु गर्न अपिल गरेको छ ।

    संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले मिडियासँगको कुराकानीमा फ्रिज गरिएको रकम अफगानिस्तानका जनताका लागि घातक भएको बताए । यूएनका अनुसार ८७ लाख अफगानी नागरिक भोकमरीको स्थितिमा छन् ।

    गुटेरेसले अफगानिस्तानको अर्थव्यवस्थामा तीब्र रुपमा पैसा हाल्न आवश्यक भएको बताए । यस्तो गरेर लाखौँ मानिसलाई गरिबी र भोकमरीको कारण बन्नबाट रोक्न सकिने उनले बताए ।

    अघिल्लो वर्ष अगस्टमा अमेरिकी र नेटो सेनाको फिर्ती र तालिबानको कब्जापछि देशको आर्थिक स्थिति खराब चलिरहेको छ ।

    अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानको आर्थिक मद्दत दिन बन्द गरेको छ । उसको सम्पत्ति फ्रिज गरिएको छ ।

    अन्तर्राष्ट्रिय समुदाय अफगानिस्तानमा समावेशी सरकार बनाउन, महिलालाई अधिकार दिन र मानवाधिकारको पालना गर्नका लागि माग गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मृत्युको मुखमा पुग्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology