नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको बताएको छ ।
कांग्रेसले अविलम्ब सडक निर्माण रोक्न र सीमासम्बन्धी विवादको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्ने पनि बताएको छ ।
सरकारको नेतृत्व गरिरहेको कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार वक्तव्य जारी गर्दै यस्तो बताएको हो ।
‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा उनीहरुले जनाएका छन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू-भाग रहेको व्यक्तव्यमा उल्लेख छ । ‘यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्दछ । कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।’
