Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छ:आयोग

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छ:आयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३०, २०७८ शुक्रवार • २१:४९:३९ बजे
  • 577
    SHARES
  • माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छ:आयोग

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति माघ पहिलो हप्ताभित्र घोषणा हुनुपर्ने राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

    images

    माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बतएका हुन् ।

    आयुक्त थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    आयोगले निर्वाचन कानुन अनुसार २०७४ जेठ ६ गतेबाट स्थानीय तहका पदाधिकारीको कार्यकाल गणना हुने भनी दलहरुलाई जानकारी गराएको प्रवक्ता पौडेलको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # चुनावको घोषणा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology