Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चाडपर्वले एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ :प्रचण्ड

चाडपर्वले एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ :प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७८ शनिवार • ११:१९:०२ बजे
  • 1.0K
    SHARES
  • चाडपर्वले  एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ :प्रचण्ड

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन रहेकाले नेपाली समाजमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रुपमा लिन सकिने बताएका छन् ।

    images

    थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे संक्रान्ति (मकर संक्रान्ति) पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले नेपाल भौगोलिक एवं सांस्कृतिक विविधताले भरिएको मुलुक रहेको बताएका छन् ।

    ‘यी चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एकआपसमा एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका पनि छन् । नेपाली समाज, राष्ट्रिय एकता र अखण्डताको जग बलियो बनाउन पनि यस्ता सांस्कृतिक पर्वहरुलाई आधार स्तम्भका रुपमा लिन सकिन्छ ।’ प्रचण्डले भनेका छन् ।

    ‘विभिन्न समुदायका आफ्ना मौलिक पर्व एकातिर नेपाली समाजको एकताको प्रतिकका रुपमा उभिएका छन् भने अर्कोतिर सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने कारक तत्व पनि हुन् ।’ उनले अगाडि भनेका छन् ।

    प्रचण्डले कोरोना भाइरसको महामारीका कारण पर्वलाई उत्सवका रुपमा मनाउन नसकिएको उल्लेख गरेका छन् ।

    ‘यस महामारीबाट आफू र आफ्नो समाजलाई सुरक्षित गर्न र स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन सबैमा अपील गर्दै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा पुनः एकपटक सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ उनले भनेका छन् ।

    Prachanda-Apeal-543x768.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology