Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माघे संक्रान्ति जातीय र सांस्कृतिक विविधताको उदाहरणः सभामुख सापकोटा

माघे संक्रान्ति जातीय र सांस्कृतिक विविधताको उदाहरणः सभामुख सापकोटा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७८ शनिवार • ११:२९:५६ बजे
  • 1.1K
    SHARES
  • माघे संक्रान्ति जातीय र सांस्कृतिक विविधताको उदाहरणः सभामुख सापकोटा

    सभामुख अग्निप्रसाद सापकोटाले माघी र माघे संक्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उदाहरण समेत रहेको बताएका छन् । ‘विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यताहरु हाम्रा मौलिक विशेषता हुन् ।

    images

    यस्ता पर्वले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।’ सापकोटाले शुभकामना सन्देशमा भनेका छन् ।

    सभामुख सापकोटाले कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा रहेकोले यो पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन पनि अपिल गरेका छन् । थारु समुदायले यस पर्वलाई ‘माघी’ का रुपमा मनाउँछन् ।

    थारुहरुको यो नयाँ वर्ष आरम्भ पनि हो । मगर समुदाय लगायतले यस पर्वलाई माघे संक्रान्ति (मकर संक्रान्ति) का रुपमा मनाउने गर्दछन् ।

    एकै दिन एउटै पर्वलाई भिन्न भिन्न भेग र समुदायमा फरक ढंगले मनाउने चलनकै कारण यसको फरक विशेषता र महत्व रहेको छ ।

    यो पर्वलाई घिउ, चाकु, तिलको लड्डु, तरुल लगायतका विभिन्न परिकार खाने दिनका रुपमा पनि लिइन्छ ।

  • सम्बन्धित विषय:

  • # माघे संक्रान्ति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology