Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चुनाैतीका चाङमा सभामुख सापकोटा

चुनाैतीका चाङमा सभामुख सापकोटा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७८ शनिवार • ११:३८:३० बजे
  • 865
    SHARES
  • चुनाैतीका चाङमा सभामुख सापकोटा

    सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सकिन करिब वर्षदिन बाँकी छ।

    images

    उनी सभामुखमा भएदेखि नै सदनको कामकारबाही अघि बढाउन चुनौतीपूर्ण रहँदै आएको छ। पछिल्लो पटक संसद्मा सभामुखकै विरुद्धमा महिनौँ दिनसम्म नारावाजी हुनुले सदनमा सभामुखले धेरै अपमानको सामना गरिरहनु परेको छ।

    अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सदनबाट पारित गर्ने सरकारको तयारीबाट पनि सभामुखलाई निकै तनाब भइरहेको स्रोत बताउँछ। सभामुखमा निर्वाचित भएदेखि उनले धेरै झमेलाको सामना गर्नुपरेको छ।

    कोभिड–१९ को कारण लकडाउन हुँदा संसद्मा बैठक सञ्चालनमा परेको असरदेखि ओली सरकारले गरेको संसद् विघटनविरुद्धमा उभिनुपर्ने अवस्था र संसदीय सुनुवाई बिनै ओली सरकारले गरेको विभिन्न ३८ जना संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्धमा आफैं अदालतमा मुद्दा दायर गर्नुपर्ने अवस्था आयो।

    यसपटक एमालेले सभामुख सापकोटालाई सत्तागठबन्धनको ‘मतियार’ समेत भनेको छ। ‘जो एमाले सिध्याउन खोजिराख्या छ भने सभामुखको निष्पक्षता कसरी हुन्?,

    सभामुख गठबन्धनको पक्षधरमा देखिनुभयो, एमालेविरोधी षड्यन्त्रमा रहेको देखियो, तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जान सक्नेस्थिति रहेन,’ भन्ने एमाले अध्यक्ष ओलीको भनाइअनुसार एमाले संसद् अवरुद्ध गर्दै आएको छ।

    यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # सभामुख सापकोटा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology