Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लिम्पयाधुरामा सडक निर्मााण भइरहँदा सरकार र सत्तारुढ गठबन्धन नबोल्नु ‘दुःखद र रहस्यमय : राप्रपा

लिम्पयाधुरामा सडक निर्मााण भइरहँदा सरकार र सत्तारुढ गठबन्धन नबोल्नु ‘दुःखद र रहस्यमय : राप्रपा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७८ शनिवार • १७:२५:२४ बजे
  • 853
    SHARES
  • लिम्पयाधुरामा सडक निर्मााण भइरहँदा सरकार र सत्तारुढ गठबन्धन नबोल्नु ‘दुःखद र रहस्यमय : राप्रपा

    लिपुलेक–कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक बनाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ ।

    images

    राप्रपाका महामन्त्री भुवन पाठकले एक विज्ञप्ति जारी गर्दै सडक निर्माण गरिरहेको विषय सार्वजनिक हुँदा पनि नेपाल सरकार र सत्तारुढ गठबन्धन मौन रहेको भन्दै आलोचना गरेको छ ।

    राप्रपाले सरकार र सत्तारुढ गठबन्धनको मौनतालाई ‘दुःखद र रहस्यमय’ भनेको छ । केही साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपाली भूमि लिम्पियाधुरामा सडक निर्माण भइरहेको बताएका थिए ।

    मोदी आफैँले नेपाली भूमिमा सडक बनेको बताएपनि शेरबहादुर देउवा नेतृत्वको सरकारले भने यस विषयमा केही बोलेको छैन ।

    राप्रपाले नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे भारतसँग कूटनैतिक र राजनीतिक तहमा संवाद गर्न सरकारलाई भनेको छ ।

    “भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारुढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दुःखद् र रहस्यमय छ,” विज्ञप्तिमा भनिएको छ,“नेपाली भूमिमा भइरहेको हस्तक्षेपकाबारे नेपाल सरकारले भारतसँग कूटनीतिक र राजनीतिक तहमा संवाद गरोस् ।”

    राप्रपाले भारतसँग वार्ता गरेर लिम्पियाधुरामा अविलम्ब निर्माण कार्य रोक्न र भूमिको रक्षा हुने गरी समाधान निकाल्न माग समेत गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology