Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ज्वालामुखी विस्फोटपछि सुनामीको चेतावनी

ज्वालामुखी विस्फोटपछि सुनामीको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७८ शनिवार • १७:४७:४९ बजे
  • 673
    SHARES
  • ज्वालामुखी विस्फोटपछि सुनामीको चेतावनी

    बीबीसी । ज्वालामुखी विस्फोटपछि न्युजिल्याण्ड, फिजी र टोंगासमेत कयौँ देशमा सुनामीको चेतावनी जारी गरिएको छ ।

    images

    उक्त ज्वालामुखी पानी मुनि भएको थियो । टोंगाको सामाजिक सञ्जालमा आइरहेको तस्बिरहरूमा पानीको छाल चर्च र कयौँ घरको माथिबाट बगिरहेको देख्न सकिन्छ ।

    प्रत्यक्षदर्शीका अनुसार टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्किएको खरानी जताततै खसिरहेका छन् । त्यहाँ बसोबास गर्ने जनतालाई अग्लो स्थानमा जानका लागि अपिल गरिएको छ ।

    हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीमा भइरहेको हलचलपछि यो सबैभन्दा ताजा विस्फोट हो । उता, फिजीको राजधानी सुवाका अधिकारीहरूले ८ मिनेटसम्म भएको ज्वालामुखीको विस्फोटको आवाज यति भीषण थियो कि त्यो आवाज ५ सय माइल पर रहेको फिजीसम्म सुनिएको थियो ।

    टोंगाका भूगर्भ विभागका अनुसार ज्वालामुखीबाट निस्किएको ग्यास, धुवाँ र बादल आकाशमा २० किलोमिटर माथिसम्म पुगेको थियो । टोंगाको राजधानी ज्वालामुखीबाट मात्र ६५ किलोमिटरको दुरीमा रहेको छ ।

    अस्ट्रेलियाको मौसम विभागका अनुसार १.२ मिटर अग्लो सुनामी त्यहाँ दर्ता गरिएको छ । ज्वालामुखी विस्फोटले २३ सय किलोमिटर टाढा रहेको न्युजिल्याण्डमा पनि आँधीको चेतावनी जारी गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनामीको चेतावनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology