Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई पूर्ण मात्राको खोप :प्रधानमन्त्री देउवा

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई पूर्ण मात्राको खोप :प्रधानमन्त्री देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७८ शनिवार • १९:२४:०७ बजे
  • 643
    SHARES
  • कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई पूर्ण मात्राको खोप :प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई पूर्ण मात्राको खोप लगाइने बताएका छन् ।

    images

    शनिबार बालुवाटारमा स्वास्थ्यविज्ञहरुको छलफलका क्रममा प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि खोप नै अन्तिम विकल्प देखिएको भन्दै सबै नागरिकलाई पूर्ण मात्राको खोप दिइने बताएका हुन् ।

    त्यस्तै प्रधानमन्त्री देउवाले अब आवश्यकताअनुसार बुष्टर खोप अभियानलाई अघि बढाइने समेत बताए । प्रधानमन्त्री देउवाले विज्ञ चिकित्सकको सुझावका आधारमा कोरोना नियन्त्रण र रोकथाम अभियानलाई थप प्रभावकारी बनाइने उल्लेख गरे ।

    कोरोनाको नयाँ नयाँ भेरियन्ट आएका कारण विश्व समुदायकै लागि चुनौती देखिएकाले यसलाई सामना गर्ने सबै उपायहरुलाई अबलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

    प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै सङ्क्रामक भएकाले आइसोलेसन र होल्डिङ सेन्टरका साथै कोरोना परीक्षणको दायरा बढाउन सरकारले काम गरिरहेको जानकारी दिए ।

    छलफलका क्रममा परीक्षणको दायरा बढाउनुपर्ने, आइसोलेसन सेन्टर बढाउनुपर्ने र जनशक्ति बढाउन सुझाव दिएको संक्रामक रोग विशेषज्ञ डाक्टर जनक कोइरालाले जानकारी दिए ।

    उनले कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको आदेशलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने सुझा दिएका जानकारी दिए । छलफलमा स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिललगायत विभिन्न अस्पतालका विज्ञहरुको सहभागिता रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology