Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इरानी सर्वोच्च नेता खमेनीको ट्विटर अकाउन्ट बन्द

इरानी सर्वोच्च नेता खमेनीको ट्विटर अकाउन्ट बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७८ आइतवार • ०८:३२:२० बजे
  • 1.4K
    SHARES
  • इरानी सर्वोच्च नेता खमेनीको ट्विटर अकाउन्ट बन्द

    एजेन्सी । ट्विटरले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनीको ट्विटर अकाउन्ट बन्द गरिदिएको छ ।

    images

    पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एउटा एनिमेटेड भिडियो पोस्ट गरेपछि ट्विटरले खमेनीकोे अकाउन्ट बन्द गरिदिएको थियो ।

    सो भिडियोमा ट्रम्पले दुई वर्षअघि इराकको राजधानी बग्दादमा ड्रोन हमला गर्न निर्देशन दिइएको देखाइएको छ ।

    ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको एउटा ड्रोन हमलामा इरानका तत्कालिन कमान्डर जनरल क्वासिम सोलिमानीको मृत्यु भएको थियो ।

    खमेनीको आधिकारिक वेबसाईटमा ‘बदला निश्चित छ’ भन्ने भिडियोलाई पनि केही दिन अघि ट्विटरले हटाएको इरान इन्टरनेशनलले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # इरानी सर्वोच्च नेता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology