Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

नारायणहिटीबाट बतास समूहलाई ‘आउट’ गरेका मन्त्री प्रेम आलेको नजर पशुपति धर्मशाला

नारायणहिटीबाट बतास समूहलाई ‘आउट’ गरेका मन्त्री प्रेम आलेको नजर पशुपति धर्मशाला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७८ आइतवार • १०:२४:०५ बजे
  • 712
    SHARES
  • नारायणहिटीबाट बतास समूहलाई ‘आउट’ गरेका मन्त्री प्रेम आलेको नजर पशुपति धर्मशाला

    नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई ‘आउट’ गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको नजर पशुपति धर्मशाला गएको छ ।

    images

    भारतीय सहयोगमा पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा निर्माण भएको ३ तलाको ४ सय बेड रहेको ‘पशुपति धर्मशाला’मा निजी कम्पनी बतास अर्गानाइजेसनले व्यापार गरिरहेको छ ।

    उक्त धर्मशाला पर्यटनमन्त्री आलेले निरीक्षण गर्दैछन् ।

    मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

    बतास समूहले पशुपति धर्मशालामा २०७६ वैशाख ३० गते होटल आनन्द प्रालिका नाममा पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर होटल सञ्चालनमा ल्याएको थियो।

    यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # नजर पशुपति धर्मशाला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology