Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतमा तीस गुणाले बढ्यो कोरोना संक्रमण, गंगामा स्नान गर्न लाखौंको भिड

भारतमा तीस गुणाले बढ्यो कोरोना संक्रमण, गंगामा स्नान गर्न लाखौंको भिड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७८ आइतवार • १२:४०:३९ बजे
  • 631
    SHARES
  • भारतमा तीस गुणाले बढ्यो कोरोना संक्रमण, गंगामा स्नान गर्न लाखौंको भिड

    एजेन्सी । भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुनाले बढेको छ । तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइदैन् ।

    images

    कोभिड बढिरहेका बेला लाखौं हिन्दू भक्तजनहरु गंगा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौंले सामूहिक स्नान गरेका हुन् ।

    हिन्दू धर्मअनुसार संक्रान्तिमा पवित्र गंगामा स्नान गर्नाले सम्पूर्ण पाप नस्ट हुनुका साथै मृत्युपछि पुन्य प्राप्त हुन्छ । शनिबार पश्चिम वंगालस्थित गंगामा भक्तजनको भीड नै लागेको थियो ।

    उनीहरुले संक्रमणको कुनै ख्याल नै गरेका थिएनन् ।

    भारतमा महाराष्ट्रपछि पश्चिम बंगालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । कोभिड बढेपछि भारतका विभिन्न सहरहरुमा रात्रिकालीन कफ्र्यू लगाइएका छन् ।

    भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology