Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

उड्डयनमन्त्री आलेको निर्देशनमा राजस्व छलेर भाग्न लागेका क्यासिनो सञ्चालकलाई विदेश जान रोक

उड्डयनमन्त्री आलेको निर्देशनमा राजस्व छलेर भाग्न लागेका क्यासिनो सञ्चालकलाई विदेश जान रोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७८ आइतवार • १३:४१:४४ बजे
  • 745
    SHARES
  • उड्डयनमन्त्री आलेको निर्देशनमा राजस्व छलेर भाग्न लागेका क्यासिनो सञ्चालकलाई विदेश जान रोक

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालीका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ ।

    images

    क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई रु १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा गएराति १० बजे साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमित्त सिइओ बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ ।

    उनले ओसिपी एसियाको लगानीमा काठमाडौँको लाजिम्पाटस्थित साङ्ग्रिला होटल र भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित दुई क्यासिनोको राजस्व तिरेका थिएनन् ।

    बोल्सोभरले सञ्चालन गरेका दुई वटा क्यासिनोले प्रतिक्यासिनो रु छ करोड ५० लाखका दरले दुई क्यासिनोको रु १३ करोड पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि रोक लगाइएको हो ।

    मन्त्री आलेको निर्देशन पछि सञ्चालनमा रहेका आठ क्यासिनो कम्पनीले कम्तीमा पनि रु ४० करोड सरकारको खातामा राजस्व दाखिला गरिसकेका छन् भने एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले भने रु १३ करोड राजस्व नबुझाएको बताइएको छ ।

    एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले तिलोत्तमा नगरपालिका–६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैरकानुनी ढङ्गले सञ्चालन गरेको आरोप छ ।

    सर्वोच्च अदालतलेसमेत उक्त कम्पनीलाई कुनै कारोबार नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशविपरीत क्यासिनो र होटल सञ्चालन गर्दै आएको उक्त कम्पनीका सिइओ बोल्सोभर राजस्व नबुझाएर मध्यरातमा नेपाल छोड्दै गर्दा पक्राउ परेका हुन् ।

  • सम्बन्धित विषय:

  • # उड्डयनमन्त्री आले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology