Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ब्राजिलमा कोरोनाबाट १ लाख १३ हजार भन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोनाबाट १ लाख १३ हजार भन्दा बढीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७७ शनिवार • १७:२०:२२ बजे
  • 1.5K
    SHARES
  • ब्राजिलमा कोरोनाबाट १ लाख १३ हजार भन्दा बढीको मृत्यु

    कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र ३२ हजार जना भन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् ।

    त्यहाँ पछिल्लो २४ घण्टामा मात्र ३२ हजार ५५४ जना कोभिड १९ का सङ्क्रमित भेटिएका बताइएको छ ।त्यसैगरी त्यहाँ गएको २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ ।

    ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार त्यहाँ १ हजार ५४ जनाको गएको २४ घन्टामा नै निधन भएको हो । त्यहाँ अघिल्लो दिनको तुलनामा सङ्क्रमितको संख्यामा भने कमी आएको बताइएको छ ।


    images

    अघिल्लो दिन ४५ हजार जनामा सङ्क्रमण देखिएकोमा २४ घन्टायता त्यसमा कमी आएको हो । अहिलेसम्म त्यहाँका संक्रमितको संख्या ३५ लाख ३६ हजार जना पुगेको बताइएको छ । त्यहाँका २६ लाख ७० हजार भन्दा बढी नागरिक भने निको भएर घर फर्र्किएका छन् ।

    ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १३ हजारभन्दा बढी पगेको बताइएको छ । यस संक्रमणबाट विश्वमा २ करोड ३१ लाख भन्दा बढी नागरिक संक्रमित भएका छन् भने ८ लाख ३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology